धनगढीमा चर्को ब्याजदरविरुद्ध व्यावसायीको प्रदर्शन

धनगढी : धनगढीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो । अस्वभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका छन । कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालको समेत विरोध प्रदर्शनमा सहभागि थिए ।

नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

राष्ट्र बैंकले जारी गर्ने रिपो कम गर्नुपर्ने, ब्याजदरमा वृद्धि गर्न नहुने, ब्याजदर पुर्नसंरचना गर्नुपर्ने र बैंकले सुरु गरेको सम्पूर्ण लिलाम प्रक्रिया रोक्नु पर्ने कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा बताउँछन ।

नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरप्रति देशैभरी विरोध जनाउँदै आएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.