गोदावरी– ६ बडेहामा कुटि बछेडा पुलको उद्घाटन

अत्तरीया : कैलालीको बडेहामा निर्माण सम्पन्न कुटि बछेडा पुलको आज उद्घाटन गरिएको छ ।

गोदावरी नगरपालिका– ६ बडेहामा निर्माण कार्य सम्पन्न उक्त पुलको सुदुरपश्मि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र पूर्व राज्यमन्त्री चुनकुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

एमएस एलबी द एबी बोईल्डस् प्राईभेट लिमिटेडले ३ करोड ५८ लाख २२ हजार १ सय ३७ रुपयाँमा सम्झैता ठेक्का गरेको उक्त पुलमा ३ करोड ४३ लाख १५ हजार ७ सय ८९ रुपयाँ लागत लागेको छ ।

२०७७ साल साउन २९ गते सम्झौता भएको पुल २०७८ साल चैत्र २३ गते निमार्ण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय कैलालीका निमीत्त कार्यालय प्रमुख ओमप्रकाश जोशीले जानकारी दिए । २६ मिटर लम्बाइ रहेको सो पूलको ४ मिटर चौडाई रहेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.