वीरबहादुर बलायरका कारण फास्ट ट्रयाकको काम रोकियोः लेखराज भट्ट

अत्तरिया : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले खुटिया दिपायल फास्ट ट्र्याकको काम बजेट काटेर वीर बहादुर बलायरले रोकेको आरोप लगाएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा कार्यकर्ता भेटघाट तथा घर दैलो कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । काँग्रेस नेता रमेश लेखक भौतिक पूर्वाधार मन्त्री हुँदा आफ्नो पहलमा फास्ट ट्र्याक निर्माणका लागि बजेट छुट्टाएको बताउँदै उनले पछि भौतिक पूर्वाधार मन्त्री वीर बहादुर बलायर हुँदा बजेट काटेको बताए ।

फास्ट ट्र्याक निर्माणमा लेखराजले बिर्को लगाए भन्दै कु प्रचार गरेको भन्दै भट्टले फास्ट ट्र्याक आफ्नो सपनाको सडक भएको बताए । उनले बलायर मन्त्री हुँदा सुदूरपश्चिममा नयाँ योजना थप्नुको सट्टा उल्टै बजेट कटौती गरेको आरोप लगाए । कैलालीको गोदावरी धामलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताउँदै उनले धामलाई चुरका धार्मिक क्षेत्रसँग जोडेर धार्मिक कोरिडोर बनाउने लक्ष्य रहको बताए ।

उनले धामको डिपिआर गरेर चुर र गोदावरी क्षेत्रका धार्मिक स्थल एउटैमा जोड्न पहल गर्ने बताए । उनले बुढीतोलामा खानेपानी समस्या समाधान गर्न लिप्टीङ खानेपानीको योजना सुरु गरेको बताउँदै उनले अबको केही वर्षमा खानेपानी घर घर पुग्ने बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.