डोटी भूकम्पपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा ४०२ पराकम्प

डोटी : डोटी भूकम्पको तेस्रो दिन शुक्रबार पनि लगातार परकम्प गइरहेका छन्। डोटी, बाजुरा, बझाङ केन्द्रबिन्दु भएर पराकम्प गइरहेका छन् ।

Godawari_Tato hawa_Lu

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार आज दिउँसो साढे ३ बजेसम्म सुदूरपश्चिमका विभिन्न जिल्ला केन्द्रबिन्दु भएर चार सय दुई परकम्प गएका छन्। २२ कात्तिक राति दुईवटा (राति ९ बजेर ७ मिनेटमा ५.७, राति नै ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्निच्युड) र बुधबार बिहान दुई बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बिहानको भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका– ३ गैरागाउँमा घर भत्किँदा ६ जनाको ज्यान गएको थियो। त्यसयता हरेक दिन पराकम्प गइरहेको शर्माले बताए । उनका अनुसार बिहीबार बिहान ५ बजेर १३ मिनेटमा बाजुरामा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको परकम्प गएको थियो । त्यसबाहेकका सबै पराकम्प १.७ देखि ३.९ म्याग्निच्युडका छन् ।

१२ वैशाख ०७२ मा गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पका परकम्प अझै गइरहेकाले डोटी भूकम्पको प्रभाव पनि कति लामो समयसम्म रहन्छ भनेर यकिन हुन नसकेको भूकम्पविद्हरूले बताएका छन्। गोरखा भूकम्पपछि ५६ हजार पराकम्प गइसकेका छन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.