कैलालीको घोडाघोडीमा बालिकामाथि करणी गर्ने ३ जना पक्राउ

कैलाली : कैलालीमा एक बालिकामाथि सामूहिक जवरजस्तीकरणी गर्ने ३ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिकामा डेउडा हेर्न गएकी १५ वर्षीया बालिकाले जवरजस्तीकरणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

यही भदौ २१ गते मंगलबार राति ४ जनाले सामुहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन् । काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरीपत्रमा उल्लेख गरिएको छ ।

आरोपित मध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.