डोटी : जिल्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जिल्लाको जोरायल गाउँपालिका २ बिछिलकी ३८ वर्षीया कृष्णा धामीको भिरबाट लडेर शनिबार ज्यान गएको हो ।
बिछिलस्थित मनकामना सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
