डडेल्धुरा : जिल्ला कारागार डडेल्धुरामा रहेका ४६ जना कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् ।
जिल्ला कारागार डडेल्धुरामा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीमध्ये ४६ जनाले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
कारागारमा १०१ पुरुष र ११ महिला गरी जम्मा ११२ जना कैदीबन्दी छन् । उनीहरुमध्ये अस्थायी मतदाता नामावलीमा नाम भएकाहरुले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सामानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय डडेधुराका निर्वाचन अधिकृत करुणाकर ओझाले बताए ।
कैदीबन्दी लगायत कर्मचारीहरुलाई मतदान गर्न जिल्ला कारागारमा मतदान केन्द्र तोकिएको छ ।
