अत्तरिया : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ ले अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेको छ ।
आज बिहान बाट गोदावरी नगरपालिका वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजारमा घरदैलो कार्यक्रम गरेको हो ।
घरदैलो कार्यक्रममा एमालेका उम्मेदवार, नेता कार्यकर्ताहरुले व्यापारीलाई भोट मागिरहेका छन् ।
नेकपा एमालेबाट क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा लेखराज भट्ट उम्मेदवार छन् भने प्रदेशसभा सदस्य (क) मा भिम बहादुर देउवा र प्रदेशसभा सदस्य (ख) मा हरि सिंह साउँद उम्मेदवार छन् ।
यस्तै प्रदेशसभा सदस्य समानुपातिकमा राम प्रसाद चौधरी, भागरथी बिष्ट र मिन बहादुर सिंह उम्मेदवार छन् ।