गठबन्धनले गर्यो गोदावरीमा सरसफाई

अत्तरिया : कैलालीको गोदावरीमा लोकतान्त्रीक बाम गठबन्धनले सरसफाई गरेको छ । सुदूरपश्चिमको धार्मिक पर्यटकिय क्षेत्र गोदावरी धाममा सोमबार गठबन्धनले सरसफाई गरेको हो ।

आर्यघाट जाने बाटो र गोदावरी धाममा सरसफाई गरिएको छ । क्षेत्र नम्बर ४ बाट निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार विर बहादुर बलायर र प्रदेश सभा (ख) का उम्मेदवार नेपाली कांग्रेसकै प्रकाश बम लगायत गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिनिधि सभाका उम्मेदवार बलायरले गोदावरी आर्यघाटको सरसफाई महत्वपूर्ण भएकाले सरसफाई थालिएको बताए । उनले नागरिकमा आर्यघाटको व्यवस्थापन र सरसफाई गर्ने जिम्मेवारी बोध गराउन अभियानको थालनी गरिएको बताए । उनले आर्यघाटको व्यवस्थापन गर्न जरुरी रहेको र त्यसका लागी आफुले पहल थाल्ने बताए ।

त्यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले आर्यघाटको गुरुयोजना बनाएर अगाडी बढ्ने बताए । उनले गुरुयोजनामा शव जलाउने ठाउँ, पानीको व्यवस्थापन, क्रियापुत्रिहरुले क्रिया गर्ने स्थान, आएको मान्छेहरुलाई बस्नका लागी प्रतिक्षालयको अवस्था र बनिसकेको संरचनाको संरक्षण लगायतका कुराहरु समेटिने बताए । उनले आफु निर्वाचित भएर आएलगत्तै आर्यघाटको गुरुयोजनाका लागी छिमेकी पालिकाहरुसँग पनि आग्रह गरिरहेको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.