डडेल्धुराबाट देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

धनगढी : नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन् । विपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजना भएको वृहत् कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन् ।

नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेका कार्यक्रममा उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद लड्ने उद्घोेष गरे ।

‘हामीलाई जिताउनु भयो भने ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम हामी गर्नेछौं । यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ’मल्लले उम्मेदवारी घोषणा गर्दै भने । पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताउँदै आएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.