नेविसंघ‌ दुर्गालक्ष्मी ईकाई कमिटिद्वारा सेभ हाउसलाई खाद्यान्न सहयोग

अत्तरिया : नेपाल विद्यार्थी संघ (नेविसंघ) दुर्गालक्ष्मी ईकाई कमिटिले सेभ हाउसलाई खाद्यान्न सहयोग गरेको छ । कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ‌ दुर्गालक्ष्मी ईकाई कमिटिले खाद्यान्न सहयोग गरेको हो ।

Godawari_Tato hawa_Lu

शनिबार महामानव बीपी कोईरालाको ४१औ स्मृति दिवसका अवसरमा सेभ हाउसमा आश्रित रहेका महिला तथा बालबालिकाहरुका लागि खाद्यान्न सहयोग गरिएको नेविसंघका ईकाई सभापति देवराज ओझाले जानकारी दिए । उनले सेभ हाउसलाई करिब ७ हजार बराबरको खाद्यान्न सहयोग गरिएको बताए ।

सहयोग कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति बसन्त रोकाया, गोदावरी नगर सभापति विर बहादुर चोखाल, पद्मा अस्पताल प्रा.लि. का प्रबन्ध निर्देशक डाक्टर नर बहादुर मौनी, नेपाल विद्यार्थी संघका कैलाली जिल्ला सभापति मनिस कूँवर लगायतको सहभागीता रहेको थियो ।

यसैबिच खाद्यान्न वितरण पश्चात सहभागीहरुले बालबालिकाहरुका लागि नगद ४ हजार ५ सय रुपैया सेभ हाउसलाई प्रदान गरेका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.