कैलाली ४ मा स्थगित भएको मतगणना पुनः शुरु

अत्तरिया : कैलाली–४ को मतगणना पुनः सुरु भएको छ । अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि तीन घण्टा देखि मतगणना स्थगित भएको थियो ।

अहिले सहमति जुटिसकेकोले मतगणना सुरु भएको जनाएको छ । अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा (एमाले)ले मतगणनामा सहभागी नहुने जनाएको थियो । कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलायरले २ हजार २७० ले अग्रता लिएका छन् ।

बलायरले एमालेका उम्मेदवार लेखराज भट्टलाई गोदावरी र गौरीगङ्गाको केही वडाको मतगणनामा पछि पारेका हुन । अहिले सम्म ४६ हजार ३१७ मत को गणना सकिएको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भट्टले १६ हजार ९०२ मत प्राप्त गरेका छन् भने बलायरले १९ हजार १७२ मत पाएका छन् ।

अहिलेसम्म क्षेत्र नम्बर ४ मा रहेका २९ वडा मध्य २३ वडा को मत गणना सकिएको छ । अब १७ हजार ८४१ मत गणना हुन बाँकी रहेको छ । यो क्षेत्रमा ६४ हजार १५८ मत खसेको थियो ।

यो पनि पढनुहोस् ।

कैलाली ४ मा स्थगित भयो मतगणना

 

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.