कैलालीमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीका स्टिकर सार्वजनिक यातायातमा टाँस

अत्तरिया : कैलालीको अत्तरिया र धनगढी बसपार्कमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीका स्टिकर सार्वजनिक यातायातमा टाँस गरिएको छ । आज ७४औ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशले सार्वजनिक यातायातमा स्टिकर टाँस कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी, ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया र क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको सहयोगमा सिट आरक्षण, भाडा दरमा ५० प्रतिशत छुट र सम्मानजनक भाषाको प्रयोग सम्वन्धी लेखिएका स्टिकर सार्वजनिक यातायातमा टाँस गरिएको छ ।

धनगढीको बसपार्कमा कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले रिवन काटेर काठमाडौंको रात्रि बसमा स्टिकर टाँसेगरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

राज्यले तोकेको नियम अनुसार अपाङ्गता भएका व्यक्तिहरूले सार्वजनिक यातायातमा दिइने छुट नपाएको राष्ट्रिय अपाङ्ग महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष मान बहादुर साउँदले बताए । उनले दश सिट क्षमताको सार्वजनिक सवारीमा १ सिटको आरक्षण, ११ देखी १५ सिट क्षमतामा २, १६ देखी ३० मा ३ र ३० भन्दा माथि ४ सिटको आरक्षण क्षमता भएको बताए । तर उक्त नियम अहिले सम्म लागु नभएको उनको गुनासो छ । सार्वजनिक सडक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था छ ।

राज्यले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को उपदफा २ मा सवारी साधन धनी वा चालकले तोकिए बामेजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई रेल, बस, हवाईजहाज जस्ता सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा यात्रु भाडामा परिचयपत्रका आधारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । आरक्षणको लागि दिइएको सुविधा सिटको व्यवस्था भएपनि व्यवहारमा लागू नभएको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो रहेको छ ।

सार्वजनिक यातायातमा स्टिकर टाँस गरिएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रमुख हरि प्रसाद ज्ञवाली, आन्तरिक कानुन मन्त्रालयका सचिव, युएनडिपि सुदुरपश्चिम प्रदेश प्रमुख वैजयन्ती गिरी, गैसस महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष देवी खनाल, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, पत्रकार, अपाङ्गता भएका व्यक्तिहरु लगायतको उपस्थितिमा सन्देशमुलक कार्यक्रम गरिएको थियो ।

यो पनि हेर्नुहोस् ।

सार्वजनिक यातायातमा अपाङ्गता छुटका लागि प्रहरीसंग समुन्वय

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.