एजेन्सी : भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ । उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ । आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ ।
एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भएपछि संगै घुम्न गएको र विवाहको प्रस्ताव स्वीकार नगरेपछि बलात्कार पछि सलले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
जबरजस्ती करणी पछि हत्या र हत्यालाई ढाकछोप गर्न सहयोग गरेको अभियोगमा प्रहरीले परिवारका छिमेकीसहित ६ जनालाई पक्राउ गरेको छ । घटनापछि स्थानीयले सरकारबिरुद्ध चर्को विरोध गरेको छ ।