एजेन्सी : भारतको जम्मुमा बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।
अमृतसरबाट कटराका लागि छुटेको बस जज्जर कोटलीमा पुलबाट चिप्लिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बसमा बिहारका बासिन्दा थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीरबाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।
कटरा त्रिकुटा पहाडमा रहेको प्रसिद्ध तीर्थस्थलमा जाने तीर्थयात्रीहरूको आधार शिविर मानिन्छ ।
![चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश](https://sudurdrishti.com/wp-content/uploads/2024/06/05802300-copy.jpg)