गोदावरी – ८ स्याउलेमा गौशाला निर्माणका लागि संचालित महायज्ञ सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा संचालित सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टको प्रमुख आतिथ्यमा आइतबार महायज्ञको समापन गरिएको हो ।

महायज्ञको समापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्टले गौशाला निर्माणका लागि महायज्ञ लगाउनु आफैमा सराहनीय कार्य भएको बताइन् । उनले महायज्ञले हिन्दु धर्म रक्षाका लागि पनि महक्तपुर्ण भूमिका खेल्ने बताइन् । उनले छाडा चौपायको संरक्षण गर्ने कार्य राज्यले मात्रै चाहेर सम्भव नभएको बताईन् । सांसद बिष्टले गौशाला निर्माणका लागि आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताइन् ।

महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले महायज्ञ भब्य रुपमा सम्पन्न भएको बताए । उनले महायज्ञमा उल्लेख्य संख्यामा दर्शनार्थीहरुको सहभागिता रहेको बताए । उनले महायज्ञबाट गौशाला निर्माणका लागि धेरैले सहयोग गरेको बताए ।

गौशाला निर्माण गर्ने संकल्पका साथ माघ १५ गने देखि महायज्ञ सुरु भएको थियो । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गरेका थिए ।

महायज्ञमा तुलादान, सालीग्राम, कलश, भेटी, अन्नदान लगायतका कार्य गरिएका थिए । महायज्ञमा ३१ जनाको तुलादान गरीएको छ । त्यस्तै महायज्ञमा सालिग्रामपुजा ९८ जनाले गरेका छन् भने ५ सय ८ जनाले कलशको लागी रसिद काटेका छन् ।

महायज्ञमा भक्तजनहरुलाई खिर खुवाउदै शिवशक्ती युवा क्लबको टिम

 

सम्बन्धित समाचार

कैलालीको गोदावरी – ८ स्याउलेमा सप्ताह ज्ञान महायज्ञ सुरु

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.