अत्तरिया : कैलालीको अत्तरियामा ज्ञान विज्ञान धार्मीक महोत्सव सुरु भएको छ । गोदावरी नगरपालिका –२ मा रहेको राधाकृष्ण मन्दिरमा मन्दिरको स्तरोन्नतीका लागि बिहिबार देखि महोत्सव सुरु भएको हो ।
चैत्र १६ गतेसम्म संचालन हुने ज्ञान विज्ञान धार्मीक महोत्सव संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञ, बालसंस्कार, योग विज्ञान शिविर एवं १००८ शालिग्राम पुजा अर्चना हुने जनाइएको छ । धार्मीक महोत्सवमा जडीबुटीको बारेमा जानकारी दिइने बताइएको छ ।
महोत्सब शुरु हुनु अघि स्थानियले बजारमा शोभा कलश यात्रा निकालेका थिए । बिभिन्न संघ संस्थाको सहयोगमा कलश यात्रा निकालिएको हो ।
ज्ञान विज्ञान महोत्सवबाट उठेको रकमले राधाकृष्ण योगाहल लगाएतका भौतिक संरचना बनाउने आयोजकको योजना रहेको छ ।
२०५८ सालमा मन्दिर स्थापना गरेर विकास गर्न खोजे पनि कतैबाट सहयोग नपाएपछि मन्दिरको स्तरोन्नतीका लागि धार्मीक महोत्सव आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज खत्रीले बताएका छन ।
धार्मीक महोत्सवमा रामानुजदास सन्तोषजी महाराजले कथावाचत गर्ने छन ।
सम्बन्धित समाचार
अत्तरियामा ज्ञान विज्ञान महोत्सवको र्याली (फोटो फिचर)