दुर्गालक्ष्मीका विद्यार्थीद्धारा प्रेम दासको उपचारका लागि सहयोग संकलन

अत्तरिया : कैलालीको अत्तरिया रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले गोदावरी नगरपालिका – ४ खैरानाका प्रेम दास चौधरीको उपचारका लागि सहयोग रकम संलन गरेका छन । ब्रेन हेमरेज भएर भारतको खुस्लोक हस्पिटलमा उपचाररत चौधरीको उपचारका लागि विद्यार्थीहरुले ‘डिएलएमसी डोनेसन क्याम्पिङ’ अभियान मार्फत सहयोग रकम जुटाउन थालेका हुन ।

Godawari Nagarpalika

फागुन १५ गते देखि भारतको बरेलीमा उपचारत प्रेम दासको उपचारमा आर्थिक अभाव भएकोले थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको अभियानमा सहभागि मनोज दहालले बताएका छन । उनले बिहिबार अत्तरियाबाट १७ हजार ८६५ रुपैयाँ संकलन भएको बताए ।

उक्त अभियानमा विद्यार्थीहरु मनोज दाहाल, लोकराज सापकोटा, राम दत्त भट्टराई, सिन्धु दियाल, जित साउँद, ज्योती साहु, लोकराज ओझा, दिपा जोशी लगायतको सहभागिता रहेको छ । प्रेम दासका छोरा सुमन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विद्यार्थी हुन । आफ्नै क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई समस्या पर्दा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको दहालले बताएका छन ।

प्रेम दासको उपचारका लागि अस्पतालले साढे ४ लाख खर्च लाग्ने जनाएको छ । तर, उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले सहयोगको अपिल गरेका थिए । केहिदिन अघि पनि विद्यार्थीहरुले २२ हजार रकम संकलन गरेर प्रेम दासको उपचारका लागि पठाएका थिए ।

यो पनि पढ्नुहोस् ।

बुवाको उपचारको बिल तिर्न नसकेपछि छोराले गरे सहयोगको अपिल

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.