जमिन पाउने आसमा सुदूरपश्चिमका दलित समुदायका सयौं नागरिक अत्तरियामा

समितिलाई प्रतिव्यक्तिले पाँच सय बुझाएर १५ सयले गरे नाम दर्ता

धुर्ब ओझा/अत्तरिया : तराईमा भुमिहिन दलितलाई जग्गा पाईदैछ भन्ने सुनेर डोटीको दिपायल सिलगढी नगरपालिकाका खड्क पार्की अत्तरिया पुगे । उनलाई आफ्नै वरपरका आफ्न्तले जग्गा पाईने बारे जानकारी दिएका थिए । उनी गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडाँमा सुदूरपश्चिम भूमिहिन समितीले नाम दर्ता गरिरहेको ठाउँमा पुगे ।

त्यहाँ नाम दर्ता गरेवापत नागरिकताको प्रमाणपत्र लिने अनि पाँच सय रुपैया तिर्नुपर्ने रहेछ, तर उनले नाम दर्ता गरेनन् किनभने नाम दर्ता गरेपछि प्रमाणका रुपमा केही पनि नमिल्दो रहेछ । ‘अत्तरियामा जग्गा पाईदैछ भनेर आफ्न्तहरुले भने त्यही भएर म यहाँ आए’ उनले भने ‘यहाँ त नाम दर्ता गरेवापत नागरिकताको फोटोकपी लिने अनि पाँच सय रुपैया तिर्नुपर्ने रहेछ,तर मैले प्रमाण केही नपाउने हुनाले नाम लेखाएन ।’

दिपायल सिलगढीकै सुमित्रा सोपले भने अत्तरिया पुगेर भुमिहिन समितीको लिष्टमा आफ्नो नाम दर्ता गरिन् । उनले पाँच सय रुपैया र नागरिकताको प्रमाणपत्र बुझाईन् । ‘हाम्रो त घरबार केही छैन,पाईने भए राम्रै भयो,स्वार्थका लागि हो भने पाँच सय रुपैया गयो, चन्दै भयो, हामी जस्ता गरिब जनता सोझासाझाहरुलाई भुलाएर सडकमा उतार्छन भने के भन्नु ।’ उनले भनिन् । बुडरका दिपक विकले पनि आफ्न्त बाटै खबर पाएर आएको बताए । उनले नाम दर्ता गरेको तर संघर्ष समितीको कराईट एरिया भने नबुझेको बताए ।

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का पहिरो पिडित पनि घर जग्गा नभएकाहरुलाई घरजग्गा पाईने भन्दै आईतबार अत्तरिया पुगेका थिए । डोटीकै शिखर नगरपालिकाका एक व्यक्तिले जग्गा नापेर,घेरा हालेर झुपडी बनाउदैछन भन्ने सुनेर आएको बताए । उनले यहाँ आईपुगेपछि बुझ्दा गरिबको पैसा लुटेर खाने जस्तो दलाल लागेकोले नाम दर्ता नगरेको बताए । डडेल्धुरा सकायलकी एक महिलाले जमिन पाईदैछ भन्ने सुनेर आएको बताईन ।

यसरी सुनैकै भरमा तराईमा जमिन पाउने आसमा कैलाली–कञ्चनपुरसहित पहाडी जिल्लाबाट सयौँको संख्यामा भुमिहिन दलित अत्तरियामा पुगेका छन् । भुमिहिन मात्रै नभएर तराईमा जमिन नभएका तर पहाडमा बसोबास भएका दलित समुदायका धेरै मानिसहरु पनि जमिन पाईने भन्दै यहाँ पुगेका छन् । कैलालीमा सुदूरपश्चिम भूमि विहिन सघर्ष समिती नै गठन गरेर आफ्ना माग राख्दै विरोध प्रदर्शन गर्न थालिएको छ । गोदावरी नगरपालिका वडा नम्बर ३ चौकिडाँडाँमा भेला हुने गरेका छन् । त्यहाँ भेला भएकाहरुलाई जंगल क्षेत्रमा जग्गा उपलब्ध गराउने सपना बाँडिएको छ ।

सुदूरपश्चिम भूमिहिन मुल संघर्ष समितिका अध्यक्ष धनबहादुर मोरले गोदावरी नगरपालिकाका नगरप्रमुखलाई यहि चैत्र १५ गते भेटेर आफ्ना मागहरु राखेको बताउदै चैत्र १९ गते सुदुरपश्चिमका मुख्यमन्त्री लाई पनि भेटेर आफ्ना मागहरु राखेको बताए । उनले मुख्यमन्त्रीको जवाफको पर्खाइमा रहेको बताउँदै जवाफ नआए प्रदेश भुमि आयोग देखि केन्द्रीय भुमि आयोग हुदै भुमि व्यवस्था मन्त्रालयमा जाने बताए । आफुहरुको व्यवस्था नगरेको खण्डमा जबरजस्ती बस्ने र केही भएको खण्डमा सरकारले जिम्मा लिनुपर्ने भन्दै आफु सहिद हुन तयार रहेको पनि बताए ।

उनले सरकारले छानबिन गर्ला तर आफुहरुले पनि छानविन गर्ने र त्यसै रोडमा नआउने बताए । वडा कार्यालय, नगरपालिका र सिडियो कार्यालयमा पत्र पठाएको उनले बताए । संघर्ष समितिका अध्यक्ष मोरका अनुसार आन्दोलनमा ९८ प्रतिशत दलित र २ प्रतिशत जनजाति सहभागी छन् । मागहरु सम्बन्धित ठाउमा पुर्याउने र अधिकारका लागि लड्ने भनी समितिले आन्दोलनमा सहभागीहरुलाई आश्वासन दिएको छ ।

संघर्ष समितीका संयोजक लोकेन्द्र बहादुर रसाईलीले चुनाव जिताएर पठाएका नेताहरुले आफुहरुको व्यवस्था गर्नुपर्ने बताए । उनले सबै भूमिहिनले साथदिएमा ८ दिन भित्र ठाउँमा बसाल्ने जिम्मा लिन तयार रहेको भन्दै आश्वासन दिलाएका छन् । समितिका एक जना सदस्यले जग्गा नभएका र घर नभएकाहरुलाई भेला गरिएको दाबी गरे । दलितहरुको जग्गा भएपनि भोगचलन गर्ने जमिन नभईकन पाखापखेरा खोला नजिकै त्यहाका टाठाबाठाहरुले दिएको उनिहरुको भनाई छ ।

भूमिहिनको व्यवस्था कायम गर, दलित, जनजाती, बाढी पीडित, भुकम्पपीडित लगायतका सम्पुर्ण भूमिहिनहरुको प्रत्याभुती गर, कित कानून खारेज गर, होईन भने लागु गर लगायतका नारा उनीहरुले लगाउदै आएका छन् । बिहीबार भूमि विहिन संघर्ष समितिले चौकिडाँडाँबाट विरोध प्रदर्शन शुरु गरी गोदावरी नगरपालिका कार्यालय अगाडी नारा जुलुस गर्दै अत्तरिया चोकमा पुगेका थिए भने आईतबार धनगढी बजार हुदै मुख्यमन्त्री कार्यालयमा पुगेका थिए ।

समितिलाई प्रतिव्यक्तिले पाँच सय बुझाएर १५ सयले गरे नाम दर्ता

भूमिहिनलाई जग्गा दिने भन्दै नाम दर्ता गराएबापत पैसा लिईदैछ । समितिले प्रतिव्यक्तिबाट पाँच सयका दरले नगद संकलन गर्ने गरेको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अत्तरिया पुगेका १५ सय जनाले नाम दर्ता गराएका छन् । संख्याको हिसाबमा ७ लाख ५० हजार रकम संकलन भएको छ तर समितिले उनिहरुबाट पाँच लाख २५ हजार मात्रै रकम संकलन गरेको बताएको छ ।

नाम दर्ता गर्नेहरुमध्ये ४ सय ५० बाट भने कुनै पैसा नलिएको समितिका अध्यक्ष धनबहादुर मोरले दाबि गरे । अपाङ्ग, असहाय, दिर्घरोगि लगायतका व्यक्तिहरुको निशुल्क नाम दर्ता गराएको उनको भनाई छ । अझै नाम दर्ता गराउने काम जारी रहेको बताउदै उनले भुमिहिन थपिने बताए । तर नाम दर्ता गराएर रकम संकलन गर्दै आएको पाँच सय रुपैयाको कुनै प्रमाण भने समितिले दिएको छैन ।

अध्यक्ष मोरका अनुसार भुमिहिन संघर्षका लागि रकम संकलन गरिदै छ । उनले स्थानिय निकाय देखि केन्द्र सम्म धाउनुपर्ने भएकाले नाम दर्ता गराउदै पाँच सय रुपैया लिएको बताए । अत्तरिया र धनगढीमा दुई दिन भएको बिरोध प्रदर्शनीमा २ लाख ५० हजार खर्च भएको उनले बताए । समितिलाई कानुन अनुसार दर्ता गरेर केहि दिनमै नेपाल बैंकमा समितिको नाममा खाता खोलिने निर्णय गरिएको अध्यक्ष मोरले बताए ।

भुमिहिनका छुट्टा–छुट्टै समुह,एउटामा सस्तो र अर्कोमा महंगो शुल्कमा नाम दर्ता

गोदावरी नगरपालिका–३ चौकिडाडा स्थित सडक किनारमा झुपडी लगाईएका छन भने सोहि ठाउमा सबै जम्मा हुने गरेका छन् । त्यहा पहिले देखि बस्दै आएको बादि समुदायको एउटा समुह छ भने अर्को सुदुरपश्चिम भुमिहिन संघर्ष समिति रहेको छ ।

पहिले देखि बस्दै आएको पुरानो समुह भुमिहिन बाढिपिडित टोल भनेर नामाकरण गरिएको छ । उनिहरुले आफ्नो समुहमा नामा दर्ता गराएबापत रु.१५० लिने गरेका छन तर प्रमाण भने उनिहरुले पनि केहि दिने गरेका छैनन् । नाम दर्ता भन्दापनि समुहमा आवद्ध भएकाले मासिक ५० का दरले तीन महिनाको बचत जम्मा गरेको समितिका सल्लाहकार सुरेन्द्र बहादुर ताम्राकारले बताए ।

‘हामिले समुहको बचत उठाएका हौ,उहाँहरु नया भएर तीन महिनाको एकैपटक उठायौ’ उनले भने ‘यो पैसा समितिकै मान्छेलाई समस्या पर्दा खर्च गरिने गरी लिएका हौ ।’ उक्त समुहमा करिब २ सय ७० जनाले नाम दर्ता गराएका छन् । वडामा कागजपत्र पठाईसकेको र केहि दिनमै समिति दर्ता गरिने उनको भनाई छ ।

त्यस्तै सुदुरपश्चिम भुमिहिन संघर्ष समितिले भने समितिमा आवद्ध हुनेहरुको नाम दर्ता गरेवापत रु.५ सय र नागरिकताको प्रमाणपत्र लिने गरेका छन् । उक्त समुहमा सोमबार सम्म १ हजार ५ सय जनाले नाम दर्ता गरेका छन् । नाम दर्ता र पैसा बुझाए वापत उक्त समुहले पनि प्रमाणका रुपमा भने केहि दिने गरेका छैनन् । सो समुहमा नाम दर्ता गराउनेको संख्या बढ्दै गएको छ ।

यो पनि हेर्नुहोस् ।

अत्तरियामा भूमि विहिन संघर्ष समितिको विरोध प्रदर्शन

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.