अत्तरिया : कैलालीको अत्तरियामा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । दोषिलाई कार्वाहि र क्षतिपुर्तिको माग गर्दै भिमदत्त राजमार्ग अवरुद्ध गर्दै स्थानीयले आन्दोलन गरेका थिए ।
सोहि क्रममा प्रहरी र स्थानिय बिच झडप भएको थियो । आन्दोलित स्थानियले सडक अबरुद्ध गर्न खोजेपछि प्रहरीले सडक सुचारु गर्न खोज्दा तनाव स्थिति सृजना भएको थियो । स्थानिय र प्रहरी बिच केहि समय झडप भएको थियो । उक्त झडपमा मृतककी सासु घाईते भएकि बताईएको छ ।
आन्दोलनकारी सडकमा बस्न थालेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो भने आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । अश्रुग्यास प्रहार पछि आन्दोलनकारीहरुको भागाभाग भएको छ भने राजमार्ग सुचारु गरिएको छ ।
आईतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षिया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका थिए ।
मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनिहरुको शव हाल मालाखेती अस्पतालमै राखिएको छ तर सम्वन्धित अधिकारी अस्पतालमै नआएको मृतकका आफन्तको गुनासो छ ।
लापरबाही गर्नेलाई छानविन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाई नभएको पीडित पक्षको आरोप छ । आफुहरुले राखेका माग सम्बोधन नभएसम्म शव नउठाउने पीडित पक्षको अडान छ । मागप्रति अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
स्थानीयले राजमार्गमा आन्दोलन गर्नुका साथै पीडितलाई क्षतिपुर्तिको माग गरेका छन् । राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
भिडियो
सम्बन्धित समाचार
मालाखेती अस्पतालमा सुत्केरी महिला र बच्चाको मृत्यु