उजुरी पछि तोकियो अत्तरिया उद्योग बाणिज्य संघको चुनावी साधारण सभाको मिति

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघलाई चुनावि साधारण सभाको मिति तोक्न बाध्य बनाएको छ। नियमित साधारण सभा नभएको भन्दै जिल्ला प्रसासन कार्यालय कैलालीमा परेको उजुरी पछि प्रसासनले मिति तोक्न बाध्य बनाएको हो ।

कार्यालयमा परेको उजुरी अनुसार प्रसाशनले जेठ २५ अगावै अधिबेशन गर्न समयसिमा दिएपछि संघले मिति तोक्नु परेको हो । उक्त समयसिमा अनुसार संघको बिहिवार कार्य समितिको बैठक बसेर जेठ २४ गते चुनावी साधारण सभा गर्ने निर्णय गरेको छ ।

संघका महासचिव यज्ञराज जोशीले जेठ २४ गते बिहान ८ बजे साधारण सभा गर्ने निर्णय भएको जानकारी दिए । यसअघि अत्तरिया उद्योग बाणिज्य संघको २०७५ असोज १२ गते निर्वाचन भई नयाँ कार्यसमिति चयन भएको थियो ।

Godawari_Tato hawa_Lu

संघको विद्यान अनुसार उक्त समितिको कार्यकाल २ बर्षको भएपनि कोरोना लगायतका कारण देखाउँदै साधारण सभा हुन सकेको थिएन । जसका कारण नियमित साधारण सभा नभएको र संघको कामकारबाही रोक्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा गत चैतमा उजुरी समेत परेको थियो ।

२०७५ सालमा भएको निर्वाचनमा टिकाराम आचार्य प्यानललाई पराजित गर्दै अशोक राज देवकोटा निर्वाचित भएका थिए ।

यो पनि हेर्नुहोस्

अत्तरिया उद्योग वाणिज्य संघको कामकारबाही रोक्का गर्नुपर्ने भन्दै उजुरी

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.