अत्तरिया उद्योग बाणिज्य संघको आज हुने भनिएको चुनाबी अधिबेशन स्थगित

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको आज (२४ गते) हुने भनिएको चुनावि अधिवेशन स्थगित भएको छ । संघको कार्यालयमा तालाबन्दी भएपछि चुनावि अधिवेशन स्थगित भएको हो ।

अर्को सुचना जारी नभए सम्म तत्कालको लागी अधिबेशन स्थगित गरेको संघका महासचिब यज्ञराज जोशीले बताए । उनले हाल छलफल जारी रहेकाले सहमती भएपछि पुनः साधारण सभाको मिति सार्वजनिक गरिने बताएका छन् ।

कार्यालयमा तालाबन्दी भएपछि जिल्ला प्रशासन कार्यालयले सहमति गरेर साधारण सभा गर्न भनेपछि साधारण सभा रोकिएको हो । सदस्यता लगाएतका बिभिन्न कुराहरुमा असहमती जनाउँदै संघको कार्यालयमा बर्तमान उपाध्यक्ष कमल कडायत समुहले आईतबार ताला लगाएको हो।

नियिमित अधिवेशन नगरेको भन्दै संघका बिरुद्द जिल्ला प्रसाशन कार्यालयमा उजुरी परेको थियो । प्रसाशनले नै जेठ २५ भित्र अधिबेशन गर्न ताकेता गरेपछि संघले २४ को मिती घोषणा गरेको हो ।

५ वर्ष पछि आज हुनलागेको संघको चुनावी अधिवेशन पनि रोकिएको छ । बिधान अनुसार हरेक २ बर्षमा अधिबेशन गर्नुपर्ने भएपनी हालको कार्य समिती २०७५ मा निर्बाचित भएको थियो । त्यस यता संघले अधिबेशन गर्न सकेको थिएन ।

यो पनि हेर्नुहोस् ।

अत्तरिया उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.