अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको कार्यालयमा ताला लगाइएको छ । पूर्वरोड बनखेतमा रहेको कार्यालयमा बर्तमान उपाध्यक्ष कमल कडायत समुहले ताला लगाएको हो ।
नयाँ सदस्यता यकिन नगरेको, संघका बिरुद्द उजुरी परेपछि प्रशासन सँग बर्तमान अध्यक्षले कार्य समितीलाई जानकारी नदिएर एकलौटी समन्वय गरेको,नयाँ संघका सदस्यहरु टुङो एकलौटी रुपमा लगाएको, ब्यबसायीहरुले सदस्यताको लागी आबेदन दिएकाहरुलाई पनि सदस्यता नदिएर अदिबेशनबाट बन्चित गर्न खोजेको लगाएतका आरोप लगाउँदै तालाबन्दी गरिएको कडायतले बताए ।
आफुलाई जानकारी नगराई पदाधिकारीहरुले नै बसेर यकिन गरेका सदस्यहरुको संख्या घटाईएको थाहा पाएपछि आफुहरुले तालाबन्दी गरेको कडायतले बताए । उनले संख्या एकिन नगरीकनै नयाँ सदस्यहरुको एकलौटी रुपमा टुंगो लगाईएको आरोप लगाए ।
उनले करिब १९ सय सदस्यहरुको सबै प्रकृया पुगेर पनि पैसाको किचलो झिकेर हाल सदस्य संख्या ८ सयमा झारेर बाँकी सदस्यहरुको मतदानको अधिकार खोस्न खोजिएको बताए । उनले आफू बाहिर भएको अवस्थामा रकम नदिएको भन्दै सदस्यहरुको नाम काटिएको बताए । तर सदस्यहरुले रकम तिरेको रसिद भने काटिएको उनको भनाइ रहेको छ ।
संघका पुर्व कोषाध्यक्ष गणेश महराले निर्वाचनको मुखमा सदस्यहरुलाइ हतोत्साहित गर्ने काम गरिएको बताए । उनले निर्वाचनमा पराजित हुने डरले बर्तमान कार्यसमितीका केही पदाधिकारी र उम्मेदवारका आकांक्षीहरुले वास्तविक ब्यापारीहरुलाइ छोडेर आफू निकटका व्यक्तिहरुको मात्रै नाम समावेश गरेको आरोप लगाए ।
संघले यही जेठ २४ गते साधारण सभाको मिती तोकेको छ । संघले नियिमित अधिवेशन नगरेको भन्दै संघका बिरुद्द जिल्ला प्रसाशन कार्यालयमा उजुरी समेत परेको छ ।
उता अत्तरिया उद्योग बाणिज्य संघले बिधान अनुसारनै सदस्यताको टुंगो लगाएको दाबी गरेको छ । संघका अध्यक्ष अशोकराज देबकोटाले संघ विरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी परेपछि अधिबेशन छिटो गर्नुपर्ने प्रसेर समेत भएकाले सदस्यता र अधिबेशनको निर्णय गरिएको बताए ।
उनले संघको बैशाख २७ गते बसेको कार्य समितिको बैठकले बैशाख ३१ गते सम्म नयाँ सदस्यता दिने निर्णय गरेको बताए । त्यो अबधिमा सबैले आ-आफ्ना फाइल लगेर गएका तर तोकिएको समयमा नयाँ सदस्यहरुको विवरण र शुल्क संघमा कसैले बझाए कसैले नबुझाएको उनले बताए । उनका अनुसार अहिले आएर हाम्रो मान्छेहरुलाई पनि सदस्यता दिनुपर्यो भनेर भनेको छ,त्यो कसरी मान्न सकिन्छ ।
उनले प्रशासनलाई समेत जेठ २५ भित्र अधिवेशन गराउने र झन्डै ८२५ सदस्य कायम रहेका छन् भनेर जानकारी गराइसकेको बताए । यद्यपि उक्त बैठकमा उपाध्यक्ष कमल कडायत अनुपस्थित रहेको देबकोटाको भनाई छ । उनले तालाबन्दी संस्थामा गरिनु दु:खद भएको र सम्बाद मार्फत नै समस्याको समाधान गरिनुपर्ने बताए ।
प्रसाशनलेनै जेठ २५ भित्र अधिबेशन गर्न ताकेता गरेपछि संघले २४ को मिती घोषणा गरेको हो । कडायत स्वय आगामी अदिबेशनमा अध्यक्षका दाबेदार हुन ।
करिव ५ वर्ष अघि निर्वाचन भएको कैलालिको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको साधारण सभा तथा नयाँ समिति चयनका लागि यहि जेठ २४ गते निर्वाचन मिति तोकिएको छ ।
यो पनि हेर्नुहोस् ।
अत्तरिया उद्योग वाणिज्य संघको कामकारबाही रोक्का गर्नुपर्ने भन्दै उजुरी
उजुरी पछि तोकियो अत्तरिया उद्योग बाणिज्य संघको चुनावी साधारण सभाको मिति