अत्तरिया उद्योग वाणिज्य संघको अवैधानिक समितिले गरेका निर्णय स्विकार्य नहुँने भन्दै एमाले निकट व्यवसायीहरुले जनाए असन्तुष्टि

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिले अवैधानिक रुपमा निर्णय गरेको भन्दै व्यापारीहरुले असन्तुष्टि जनाएका छन् । संघको अवैधानिक समितिले गरेका कुनै पनि निर्णय आफुहरुलाई स्विकार्य नहुँने भन्दै एमाले निकट व्यवसायीहरुले असन्तुष्टि जनाएका हुन् ।

आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गरेर प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले विद्यान अनुसार अवैधानिक ठहरिएको वर्तमान समितिले गरेका कुनै पनि निर्णय आफुहरुले नस्विकार्ने बताए ।

‘वर्तमान कार्यसमितिले स्वेच्छाचारी ढंगले संस्थालाई नै धरासायी बनाउने गरी अगाडी बढेको देखिएको प्रष्ट छ’ अत्तरिया उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष टिकाराज आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘विद्यानमा भएको व्यवस्थालाई पुरै वेवास्ता गरी प्रत्येक वर्ष गर्नुपर्ने वार्षिक साधारण सभा र प्रत्येक २ वर्षमा गर्नुपर्ने चुनावी साधारण सभा समेत ५ वर्षसम्म गर्न नसक्ने वर्तमान असक्षम कार्यसमितिलाई संस्थाको कुनै पनि गतिविधि गर्नै नैतिक तथा सांगठनिक अधिकार नरहेको हामी प्रष्ट पार्न चाहन्छौ ।’

विज्ञप्तीमा व्यवसायीहरुको हक अधिकार स्थापित गर्न तथा व्यवसायीहरुलाई सहजता प्रदान गर्न संघको स्थापना गरिएको भएपनि संस्थाभित्र आर्थिक अनियमितता तथा संस्थागत अराजगकता बढेको उल्लेख गरिएको छ । वर्तमान कार्यसमितिको अराजकताका विरुद्ध जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिईएको भएपनि उक्त निवेदन उपर समेत चित्त बुझ्दो जवाफ प्राप्त नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संस्थाको विद्यान अनुसार वर्तमान कार्यसमिति अवैधानिक भएकाले उक्त समितिका संस्थाका कुनैपनि निर्णय लिने अधिकार नभएको संघका निवर्तमान उपाध्यक्ष टिकाराम आचार्यले बताए । उनले संस्थाको पुनः तदर्थ समिति गठन गरेर अगाडी बढेमात्रै आफुहरुले साधारण सभामा सहभागीता जनाउने बताएका छन ।

संस्थाका निर्वतमान कोषाध्यक्ष गणेश महराले कार्यालयमा लगाईएको तालाबन्दीमा आफुहरुको समेत ऐक्यवद्धता भएपनि भागबण्डाको टुंगो लगाएर आफुहरुलाई जानकारी विनै ताला खोलिएको प्रति असन्तुष्टि जनाए । उनले तालाबन्दीका समयमा सबै व्यवसायी तथा पत्रकारहरुलाई बोलाएर जानकारी दिने तर खोलिदाँ कुनै जानकारी नै नदिईदा भागबन्डामा कुरा मिलेको र भ्रष्ट्राचार मौलाएको स्पष्ट भएको बताए ।

अत्तरिया उद्योग वाणिज्य संघ व्यक्ति विशेष र पार्टी विशेष भएको समेत एमाले निकट व्यवसायीहरुले आरोप लगाएका छन् । उनिहरुले अव आफुहरु कानुनि उपचारमा जाने बताएका छन् ।

यता अत्तरिया उद्योग वाणिज्य संघले यहि जेठ १० गते चुनावि साधारण सभा गर्ने निर्णय गरेको छ । यसअघि जेठ २४ गते हुने भनिएको साधारण सभा संघका पदाधिकारीहरुको आन्तरिक विवादका कारण रोकिएको थियो ।

संघका वस्तुगत उपाध्यक्ष कमल कडायत नेतृत्वको संघका केही पदाधिकारी तथा व्यवसायीहरुको टिमले सदस्यता वितरणमा मनोमानी भएको भन्दै संघको कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीमा कडायतलाई नेकपा एमाले निकट व्यवसायीहरुले समेत सर्मथन गरेका थिए । तर सदस्यता विवाद समाधान भएसँगै संघले एक सूचना जारी गर्दै संघको चुनावी साधारण सभा यही असार १० गते गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार 

अत्तरिया उद्योग बाणिज्य संघको कार्यालयमा तालाबन्दी

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.