अत्तरिया : कैलालीको अत्तरियाबाट होटल सञ्चालक सहित ३ जना महिला वेश्यावृतिमा संलग्न भएको भन्दै पक्राउ परेका छन् ।गोदावरी नगरपालिका-२ रिङ्गरोड स्थित पुजा होटलबाट होटल सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट सादा पोषाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिकाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन ।
उनका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालिका ३५ बर्षकि बिपना थापा सहित धादिङ्ग निलकन्ठ नगरपालिका-१२ घर भई गोदावरी-२ तेघरी डेरा गरी बस्ने ३४ बर्षिय सनिषा थापा र सोहि ठाउ बस्ने २७ बर्षकि सपना थापा रहेका छन् ।
होटल सञ्चालकले १ घण्टाको १५ सय र एक रातको ६ हजार रुपैयाँ लिने भनि वेश्यावृति कार्यको लागी महिलालाई होटलमा देखाएकी थिइन । होटलमा केटीहरु ल्याई राखेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको डिएसपी वरालले बताए ।
सम्बन्धित समाचार
अत्तरियाको एक होटलबाट अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ