गोदावरी नगरपालिकाले ६ गते बजेट ल्याउने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले असार ६ गते बजेट ल्याउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट ल्याउन लागेको हो ।

नगरपालिकाले उक्त दिन नगरपालिका कार्यालय र वडा कार्यालयको सेवा प्रभाव बन्द हुने जनाएको छ । बजेट बिहान १० बजेट पार्टनर प्यालेसको हलमा प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले बताए ।

स्थानीय तहहरूले असार १० गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.