अत्तरिया : कैलालीको अत्तरियामा निर्वाचन बहिष्कार सभाको आयोजना गरिएको छ । अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) को आयोजनामा सोमबार अत्तरियामा -याली सहित निर्वाचन बहिष्कार सभाको आयोजना गरिएको हो ।
‘प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था मुर्दावाद, नयाँ जनवाद–वैज्ञानिक समाजवाद जिन्दावाद’ भन्ने नाराका साथ बजार परिक्रमा पछि आयोजित निर्वाचन बहिष्कार सभालाई अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरीकृष्ण गजुरेलले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्दै उनले मंसिर ४ को निर्वाचनलाई बहिष्कार गर्नको लागि आह्वान गर्न सभाको आयोजना गरिएको बताए । उक्त सभा अखिल (क्रान्तिकारी) का सुदूरपश्चिम प्रदेश संयोजक पुस्कर जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
