अत्तरिया : कैलालीको मालाखेतीमा सुत्केरी महिला र शिशुको मृत्यु भएपछि गोदावरी नगरपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयहरु नगरपालिकामा धर्ना दिन पुगेका छन् ।
स्थानिय सरकारले अहिले सम्म कुनै चासो नदिएका कारण शान्तरुपमा नगरपालिकमा धर्ना दिन पुगेको स्थानिय पुष्पा पन्तले बताईन् । उनले माग पुरा नभए नगरपालिकामा कामकाज ठप्प पार्नुका साथै तालाबन्दी गर्ने चेतावनी दिईन् । दोषिलाई कार्वाहि र क्षतिपुर्तिको माग गर्दै स्थानिय आन्दोलित बनेका छन् ।
उता नगरपालिकाको नगरप्रमुखको सचिवालयले हिजो राति बसेर छानविन समिति गठन गर्ने र उक्त समितिले छानविन गरेर दोषि ठहरियो भने कार्बाही गर्ने निर्णय भएको बताएको छ । साथै अहिले तत्कालका लागि क्रिया खर्चबापत मृतकका परिवारलाई ५० हजार दिने निर्णय भएको बताईएको छ ।
तर अहिले राजनिति शुरु भएको नगरप्रमुखको सचिवालयले बताएको छ । अहिले छानविनका लागि छानविन समितिका अध्यक्ष कैलाली जिल्ला प्रमुख अत्तरिया स्थित ईलाका प्रहरी कार्यालय आईपुगेका बताईएको छ ।
नगरपालिकामा स्थानियहरु धर्ना दिन आउन थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
आईतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षिया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका छन् ।
मृतक र उनको नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनिहरुको शव मालाखेती अस्पतालमै राखिएको छ तर सम्वन्धित निकायनै अस्पतालमै नआएको मृतकका आफन्तको गुनासो छ ।
लापरबाही गर्नेलाई छानविन गर्ने भनिएकोमा अहिलेसम्म कुनै सुनुवाई नभएको पीडित पक्षको आरोप छ । आफुहरुले राखेका माग सम्बोधन नभएसम्म शव नउठाउने पीडित पक्षको अडान छ । मागप्रति अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।
त्यस्तै आज भिमदत्त राजमार्ग अवरुद्ध गर्दै स्थानीयले आन्दोलन समेत गरेका थिए । सोहि क्रममा प्रहरी र स्थानिय बिच झडप भएको थियो । आन्दोलित स्थानियले सडक अबरुद्ध गर्न खोजेपछि प्रहरीले सडक सुचारु गर्न खोज्दा तनाव स्थित सृजना भएको हो ।
आन्दोलनकारी सडकमा बस्न थालेपछि प्रहरीले लाठ्ठी चार्ज गरेको थियो भने आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए त्यसपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार पछि आन्दोलनकारीहरुको भागाभाग भएको थियो भने राजमार्ग सुचारु नै रहेको छ ।
सम्बन्धित समाचार
मालाखेती अस्पतालमा सुत्केरी महिला र बच्चाको मृत्यु
मालाखेतीमा सुत्केरी मृत्यु प्रकरण : शव उठेन, स्थानीयले सडक अवरुद्ध गर्दा झडप