सुत्केरी मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला मृत्यु प्रकरणमा स्थानीय प्रशासनले छानबिन समिति बनाएको छ । सेती अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती विशेषज्ञ डा. जगदिश बिष्टको  संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो ।

समितिमा पिडितको पक्षबाट पनि एक जना प्रतिनिधि राखिएको छ । समितिले घटनाको अध्यन गरि सत्य तथ्य बाहिर ल्याउने सहमति भएको छ । समितिले आजै बाट काम थालेको समितिका सदस्य जिल्ला प्रसासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिबराज जोशीले बताए ।

आईतबार बिहान सुत्केरीका लागी मालाखेती अस्पताल गएकी गोदावरी नगरपालिका वडा नं. २ मा बस्ने २८ वर्षिया लक्ष्मी भट्टराईको नवजात शिशुसहित मृत्यु भएको थियो । अस्पताल प्रशासन र डाक्टरहरुको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै स्थानियहरु आन्दोलित भएका छन् ।

मृतक र नवजात शिशुको शव अझै पनि उठ्न सकेको छैन । उनिहरुको शव  मालाखेती अस्पतालमै राखिएको छ । स्थानियले राजमार्ग अबरुद्ध गर्दै प्रदर्शन जारी राखेका थिए । पिडित पक्षले घटनाको बास्तबिकता बाहिर ल्याएर दोषीलाई कार्बाही नगरे सम्म शब नउठाउने अडान राख्दै राखेका छन् ।

सम्बन्धित समाचार

मालाखेती अस्पतालमा सुत्केरी महिला र बच्चाको मृत्यु

मालाखेतीमा सुत्केरी मृत्यु प्रकरण : शव उठेन, स्थानीयले सडक अवरुद्ध गर्दा झडप

मालाखेतीमा सुत्केरी मृत्यु प्रकरण : स्थानियद्वारा नगरपालिकामा धर्ना

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.