कैलालीको चौकिडाँडाँमा अतिक्रमित वन र सडक क्षेत्र खालि गरिदै (फोटोफिचर)

अत्तरिया : कैलालीको चौकिडाँडाँमा वन र सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाईएको छ । जिल्लाको गोदावरी नगरपालिका -३ चौकिडाँडाँमा वन र सडक क्षेत्र अतिक्रमण गरे निर्माण गरिएका करिब दुई दर्जन भन्दा बढी घर टहरा वन कार्यालयले खाली गरेको हो ।

तीन वर्षदेखि सडक र जंगल किनारमा टहरा निर्माण गरेर बस्दै आएका र जग्गा पाउने आसमा भुमिहिन दलित समुदायले केहिदिन अगाडि घर टहरा निर्माण गरेका थिए । उक्त टहराहरु आज भत्काएर पुरै क्षेत्र खाली गरिएको सवडिभिजन वन कार्यालय अत्तरियाले बताएको छ ।

वन डिभिजन कार्यालय, स्थानीय तह र स्थानीयसँगको सहकार्यमा अतिक्रमित वन क्षेत्र खाली गर्ने काम अहिले पनि जारी छ । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माण गरी बस्दै आएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो ।

सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो । भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उनीहरुले महेन्द्र राजमार्गको सडक किनारमा नै बस्ती बसालेका थिए ।

चौकिडाँडाँमा रहेको चौकिडाँडाँ महिला सामुदायिक वन र बडिमालिका सामुदायिक बनसंगै सडक किनारामा दर्जनौ टहराहरु निर्माण गरिएका छन् ।

सम्बन्धित समाचार

जमिन पाउने आसमा सुदूरपश्चिमका दलित समुदायका सयौं नागरिक अत्तरियामा

अत्तरियामा भूमि विहिन संघर्ष समितिको विरोध प्रदर्शन

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.