८ वटा घातक रोगको उपचार र ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौं : सरकारले ८ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा आठ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए ।

यस्तै ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा सरकारले निःशुल्क वितरण गर्ने भएको छ । उक्त औषधि वितरणका लागि १ अर्ब २८ करोड रकम विनियोजन गरेको मन्त्री महतले जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.