अत्तरिया : कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र शिशु मृत्यु प्रकरणमा सहमति भएको छ । आज (बुधबार) ईलाका प्रहरी मालाखेतीमा पीडित पक्ष, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिले सहमति गरेको हो ।
नवजात शिशुसहित मृतक लक्ष्मी भट्टराईका छोरा आयुश भट्टराईलाई कक्षा १२ सम्म आवासीय शिक्षा दिलाउने, परिवारलाई ५ लाख नगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ । यस्तै घटनाका दोषीलाई पनि कार्बाही गराउने सहमति भएको हो ।
छानबिन समितिका संयोजक जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले पीडित पक्षसँग सहमति भएको बताएका छन् । अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा सेती प्रादेशीक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य छन् ।
सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले डाक्टरहरुको लापरबाहीका कारण लक्ष्मीको मृत्यु भएको भन्दै आन्दोलित भएका थिए ।
दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै उनिहरु सोमबार देखि आन्दोलित भएका हुन् । उनिहरुले राजमार्ग अबरुद्ध र नगरपालिकाको कार्यालय पुगेर प्रदर्शन जारी राखेका थिए ।
सहमती सँगै स्थानियले लक्ष्मीको र शिशुको शब बुझेका छन् । भोली उनको शबको पोष्टमार्टम गरिने भएको छ ।
सम्बन्धित समाचार
मालाखेती अस्पतालमा सुत्केरी महिला र बच्चाको मृत्यु
मालाखेतीमा सुत्केरी मृत्यु प्रकरण : शव उठेन, स्थानीयले सडक अवरुद्ध गर्दा झडप
मालाखेतीमा सुत्केरी मृत्यु प्रकरण : स्थानियद्वारा नगरपालिकामा धर्ना
सुत्केरी मृत्यु प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन
सुत्केरी मृत्यु प्रकरण : तीन दिनदेखि शव अस्पतालमै,स्थानियद्धारा नगरपालिका घेराउ