बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को आवेदन फाराम खुल्ला

काठमाडौं : बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरिएको छ । कल्पना स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.द्धारा आयोजित बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८० को मनोनयन आवेदन फराम खुल्ला गरीएको हो ।

पर्व गीत अन्तरगत तिज गीतको २३ बिधामा अवार्ड बितरण गर्न लागिएको आयोजक समिती संयोजक कमला बिसीले जानकारी दिईन्। फाराम साउन महिनाको अन्तिम सम्म खुल्ला रहनेछ भने भाद्र महिनाको पहिलो साता उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरीने उनले बताईन् ।

Godawari_Tato hawa_Lu

अवार्डको फाईनल कार्यक्रम असोजको पहिलो साता काठमाण्डौंमा एक भब्य समारोहका बिच हुनेछ । मौलिक तिज संस्कृतीको संरक्षण अनि सम्बद्धन गर्ने उदेश्यले आयोजना गरीएको तिज म्यूजिक अवार्ड लाई सफल बनाउन ७ सदस्यिय जुरी निर्णायक समिती समेत गठन गरिएको बिशाल मुभिज प्रा.लि.का अध्यक्ष गायक तथा सर्जक हुम गैरेले जानकारी दिए ।

अवार्डको फाईनल कार्यक्रममा तिज गीत संस्कृती संग सम्बन्धीत करिब एक दर्जन स्रष्टा, सर्जक, गायक, गायिकाहरुलाई सम्मान समेत गरिने बिशाल मुभिज प्रा.लि.का उपाध्यक्ष धिरज खत्रीले बताए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.