अंश वर्मा फिचर्ड ‘सुनचाँदी २’ सार्वजनिक

काठमाडौं : चर्चित टिकटकर तथा मोडल अंश वर्मा र दीपिका थापा फिचर्ड ‘सुनचाँदी २’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर भीम बिसीको शब्द र संगीत रहेको गीत ‘सुनचाँदी २’ सार्वजनिक गरिएको हो।

विश्व अधिकारीले एरेञ्ज गरेको गीतमा एलीना चौहान र टेक बिसीले स्वर दिएका छन्। अनुप चन्द ठकुरीले निर्देशन गरेको ‘सुनचाँदी २’को कथा पनि उनैले लेखेका हुन्। भिडियोमा रोजगारीको लागि विदेशिनु पर्ने नेपाली युवाहरूको कथालाई देखाइएको छ। प्रेम सम्बन्धमा रहेको एक प्रेम जोडिले वैवाहिक सम्बन्ध स्थापित गरेपछि भोग्न परेको बाध्यता कथाको मूल विषय हो। गाउँमा खेती किर्सानी गरेर दैनिकी चलाउन नसकिने परिस्थितिबाट रोजगारीको लागि विदेशिनुपर्ने बाध्यलाई कलात्मक तरिकाले प्रभावकारी रुपमा प्रस्तुत गर्न निर्देशक अनुप चन्द ठकुरीको मेहेनत देखिएको छ।

उनले भिडियोमा मौलिकपन झल्काउन सुदूरपश्चिम प्रदेशको डोटीका गाउँबस्तिमा भिडियोको छायांकन गरेका छन्। गीतलाई मौलिकपनमा प्रस्तुत गर्न गाउँबस्तिमा छायांकन गर्न सहज नभएको अनुभव ठकुरीले साटे। चुनौतीका बीच मौलिकपन झल्किने गरी म्युजिक भिडियोलाई निर्माण गर्न सकेकोमा उनले सन्तुष्ट रहेको प्रतिक्रिया दिए। मोडल वर्माले पनि मौलिक कथा बस्तुले आफूलाई भिडियोमा अभिनय गर्न प्रेरित गरेको बताए।

उनले भने, ‘सुनचाँदी २ को विषय बस्तु नेपालको कथा हो। नेपाली युवाहरूले भोगेको कथा हो। यसले रोजगारीको लागि विदेशिनु पर्ने बाध्यतालाई समेटेको छ। त्यो विषय बस्तुले मेरो मन छोयो। त्यसकारण पनि म यो टिमसँग जोडिएर म्युजिक भिडियोमा अभिनय गर्न प्रेरित भएको हुँ।’ सुनचाँदी २ मोडल वर्माको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा चर्चित कालाकार दीपाश्री निरौलाले गीतको टिमलाई शुभकामना दिएकी थिइन्। लगानी उठ्ने/नउठ्ने टुंगो नभइरहेको अवस्थामा मौलिकपन दिएर म्युजिक भिडियो बनिरहन ठूलो कुरा भएको बताइन्। म्युजिक भिडियोप्रति आफ्नो पनि निकै लगाव रहेको उल्लेख गर्दै सुनचाँदी २ को टिमले निकै ठूलो सम्भावना देखाएको बताइन्। उनले म्युजिक भिडियोका कथा र प्रस्तुति सबल रहेको पनि बताइन्।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.