अपांगता भएका व्यक्तिको सहारा बन्दै परिलक्षित संस्था

धुर्ब ओझा/अत्तरिया : गोदावरीकी रुकमणी नेगी अहिले दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिएड प्रथम बर्षमा अध्ययनरत छिन् । बाल्यकालमा आगोले खुट्टा पोलिएर अपाङ्ग भएको बताउदै उनले पारिवारिक आर्थिक अवस्था कमजोरीका कारण पढ्न समस्या भएको तर अहिले परिलक्षित संस्थाको सहयोगमा अध्ययन गरिरहेको बताईन् ।

यस्तै गौरीगंगाका एदम खडका पनि अहिले बिबिएस पहिलो बर्षमा अध्ययनरत छन् । उनले बिद्यालयमा अध्ययन गर्दा शैक्षिक सामाग्रीको अभाव रहेको बताउदै अहिले परिलक्षित संस्थाले त्यो पुरा गरेको बताए । उनले संस्थाको सहयोगले शमिहनेत गरेर पढ्नुपर्ने थप हौसला मिलेकोमा खुसी व्यक्त गरे । गौरीगंगाकै जिवन चौधरी पनि धनगढीको शारदा माविमा आईएसी पहिलो बर्षमा अध्ययनरत छन् । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका उनिपनि संस्थाले गर्दा अगाढी बढ्न पाएकोमा हर्षित छन् ।

धनगढी उपमहानगरपालिकाका लोकेश भण्डारी त्रिनगर धनगढीमा कानुन संकायमा अध्ययनरत बिद्यार्थी हुन् । परिवारको आर्थिक अवस्थाले उच्च शिक्षाबाट बञ्चित हुन पुगेका उनी संस्थाको सहयोगमा आफुले उच्च शिक्षा पढ्न पाएको भन्दै संस्थालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै धनगढी उपमहानगरपालीकाकी हिरा नाथ योगी २ महिना देखी सिलाई कटाई सिकिरहेकी छिन् । पहिले घरमै बसिरहेकी हिरा अहिले परिलक्षित संस्थाले सिलाई कटाई सिक्नमा सहयोग गरेको भन्दै खुसी व्यक्त गरिन् ।

परिलक्षित संस्थाले कैलालीका तीन ओटा पालिकामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ । धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणको लागि काम गर्दै आएको छ । अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत मानिसहरू र आवश्यकतामा परेका बालबालिकाको अधिकारलाई जनचेतना अभिवृद्धि, वकालत, शिक्षा मार्फत प्रवद्र्धन गर्न काम गर्दै आएको छ ।

संस्थाले कैलालीका तीन पालिकाहरुसंग समुन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको प्रवद्र्धनका लागि क्षमता अभिवृद्धि, सचेतना अभिवृद्धि र वकालत गर्ने पहलहरू र आय आर्जनका अवसरहरूमा केन्द्रित गतिविधिहरूलाई समर्थन गर्दै आएको छ । साथै सम्मानित जीवनको लागि औपचारिक शैक्षिक सहयोग मार्फत अपाङ्गता भएका विद्यार्थीहरूको जीवन परिवर्तन गर्ने लक्ष्यका साथ, छात्रवृत्ति कार्यक्रम २००६ मा यस संस्था द्वारा सुरुवात गरिएको थियो । यस संस्थाले अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्तिको साथ सहयोग गर्ने गर्दछ । यसलाई फेल्म नेपाल संस्थाले सहयोग गरेको छ ।

कैलालीमा २०२२ मा गरेका कामहरुको सम्बन्धीत पालिकाका स्थानिय जनप्रतिनिधीद्धारा अनुगमन गरी शुक्रबार गोदावरी नगरपालिका स्थित अत्तरियामा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको शैक्षिक, आर्थिक र सामाजिक अवस्थालाई सुदृढ बनाउनका लागि बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिराखेको कार्यक्रम अधिकृत हरी प्रसाद जोशीले बताए । यस कार्यक्रमको समय अवधि २०२२ जनवरी देखि २०२६ सम्म करिव ५ बर्षसम्म सञ्चालन रहने उनले बताए ।

‘अपाङ्गता भएका विद्यार्थीहरू जुन बिभिन्न तहमा पढाई गरिराखेका तर आर्थिक अवस्था कमजोर छन् । आफ्नो पढाई पुरा गर्न सक्दैनन् र स्थानिय सरकारबाट, सम्बन्धित बिद्यालबाट सिफास बनाई आए भने उहाहरुको शैक्षिक निरन्तरताका लागि हामिले एक जनाको लागि मासिक रु ५ हजार र बार्षिक रुपमा रु ५ हजार स्टेश्नरी वापत भनेर सहयोग गरिराखेका छौ ।’ उनले भने । छात्रवृत्ति कार्यक्रम अन्तर्गतकै टेक्नीकल लाईनमा पढ्ने बिद्यार्थीको लागि पनि सहयोग गरिराखेको उनले बताए ।

उनले कैलालीका तीन ओटा पालिकामा पहिलो पटक सञ्चालन गरिएको शैक्षिक कार्यक्रममा २९ जना बिद्यार्थीहरुलाई समावेश गरेको कार्यक्रम अधिकृत जोशीले बताए । यसै परियोजना अन्तर्गतमै छात्रबृति, सिपविकास तालिम र आयआर्जनको बाटो गरी तीनओटा कार्यक्रम रहेको बताए। यस्तै सिमुलक तालिममा १६ जना, आयआर्जनमा ६ जना र बिभिन्न लोकसेवा तयारी कक्षामा ८ जना रहेको बताए ।

अत्तरियामा शुक्रबार गरिएको सामाजिक परिक्षण कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना, गोदावरी नगरपालिका उपप्रमुख शारदा रोकाया, तीनओटै पालिकाका शिक्षा,स्वास्थ्य, महिला तथा बालबालिका शाखा प्रमुख, अपाङ्गता व्यक्ति,पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वाँरले गरेका थिए । परिलक्षित सस्था, गैर सरकारी, गैर राजनितक, गैर नाफा मुलक संस्था राष्ट्रिय संस्थको संस्था हो । यो २०५८ सालमा स्थापना भएको संस्था हो ।

सम्बन्धित समाचारहरु

सार्वजनिक यातायातमा अपाङ्गता छुटका लागि प्रहरीसंग समुन्वय

कैलालीमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धीका स्टिकर सार्वजनिक यातायातमा टाँस

सार्वजनिक यातायातमा आरक्षण सिट र छुट नपाएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

धनगढीमा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुच सम्वन्धी सार्वजनिक बहस कार्यक्रम सम्पन्न

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.