पुर्वराजा ज्ञानेन्द्र शाहद्धारा अत्तरियामा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण

अत्तरिया : पुर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन् । धनगढी बाट सुर्खेत जाने क्रममा राज ज्ञानेन्द्रले आज अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन् ।

राजाले शालिकको माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध बसेका उनका समर्थकहरुलाई उनले भेटेका छन भने अत्तरिया चोकमा परिक्रमा समेत गरेका थिए ।

सो क्रममा राजाको समर्थमा स्थानीयले चर्को नाराबाजी समेत गरेका थिए । राजाको स्वागतमा अत्तरिया चोकमा सयौंको संख्यामा मानिसहरुको भिड लागेकोे थियो ।

अत्तरिया चोकमा २०६२/०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुनः निर्माण गरेर १ बर्ष अगाडी अनावरण गरिएको थियो ।

पुर्वराजा शाहलाई हिजो धनगढीमा नागरिक अभिनन्दन गरिएको थियो । सडक मार्ग हुँदै धनगढी आएका शाह सडक मार्ग हुदै आज सुर्खेत तिर लागेका छन् ।

यो पनि हेर्नुहोस् ।

पुर्वराजा ज्ञानेन्द्र शाह आज अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गर्ने

कैलालीको अत्तरियामा पुर्वराजा ज्ञानेन्द्र शाह (फोटोमा हेर्नुहोस्)

पूर्व राजा ज्ञानेन्द्र भोलि परिवार सहित धनगढी आउने

धनगढी आईपुगे‌‌ राजपरिवार सहित पुर्व राजा ज्ञानेन्द्र

पूर्व राजा धनगढी आउने कार्यक्रम स्थगित

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.