दाङ : घोराहीस्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ। राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । लक्ष्मीपूजामा बालिएको बत्ती कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।
